४ असार २०७८, शुक्रबार
गृह २४ घण्टामा अहिलेसम्मकै सबभन्दा धेरै ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि
२४ घण्टामा अहिलेसम्मकै सबभन्दा धेरै ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरको प्रयोगशाला गरिएको २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। उनका अनुसार ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जनामा संक्रमण देखिएको छ।


२४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोना मुक्त भएका प्रवक्ता गौतमले जानकारी दिए। त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट देशभर थप ५८ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ।

Facebook Comments

हरेक खबर खास खबर