४ असार २०७८, शुक्रबार
गृह गण्डकी प्रदेश प्रमुखद्वारा पदभार ग्रहण
गण्डकी प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

पोखरा। गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज पदभार ग्रहण गरेकी छिन्। प्रदेशको राजधानी पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्दै प्रदेश प्रमुख पौडेलले आफू प्रदेशको अभिभावकका रुपमा रही ऐन, नियम र कानू

नको परिधिलाई ध्यानमा राखेर हरेक परिस्थितिमा सहजीकरण गरी अभिभावकीय जिम्मेवारी पूरा गरिने बताइन्।
प्रदेशमा देखिएका समस्या समाधानका लागि नियमकानूनअनुसार स्वतन्त्र र निष्पक्ष ढंगले समन्वय र सहजीकरण गरेर अघि बढ्ने बताउँदै उनले यसका लागि सबैको साथ र सहयोग औँल्याइन।


पदभार ग्रहण कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति थियो। सो अवसरमा प्रदेश प्रमुख पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। सङ्घीय सरकारका सिफारिसमा राष्ट्रपतिबाट यही वैशाख २० गते प्रदेश प्रमुखको शपथ ग्रहण गर्नुभएका पौडेल मंगलबार पोखरा आइन्।

Facebook Comments

हरेक खबर खास खबर