४ असार २०७८, शुक्रबार
गृह पदभार ग्रहणसँगै प्रदेश प्रखुम पौडेलले दिएको अभिव्यक्ति विवादमा
पदभार ग्रहणसँगै प्रदेश प्रखुम पौडेलले दिएको अभिव्यक्ति विवादमा

पोखरा। गण्डकी प्रदेशका नव नियुक्त प्रदेश प्रमुख सीता पौडेलले दिएको अभिव्याक्ति विवादित बनेको छ।
पौडेलको अभिव्यक्ति गैरसंवैधानिक भन्दै विपक्षी तीन दलले आपत्ति जनाएका छन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन्। बुधबार पदभार गर्ने क्रममा सञ्चारमाध्यममा बोल्दै प्रदेश प्रमुख पौडेलले सभामुखको राजीनामा माग गरेकी थिइन्।


प्रदेश प्रमुख निष्पक्ष हुनुपर्ने र राजनीतिक विषयमा बोल्न नहुने भए पनि पौडेलले भने गण्डकी सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव निष्क्रिय रहेको प्रतिक्रिया दिएकी थिइन्।

प्रतिपक्षको संवैधानिक कार्यबाट अतालिएर सत्तापक्षको पक्षपोषण हुने गरी दिएको अभिव्यक्ति अस्वाभाविक र चिन्ताजनक रहेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै संविधानको कुन धारा, उपधारा र ऐनले अविश्वासको प्रस्ताव निष्क्रिय छ यस विषयमा प्रदेश प्रमुखले स्पष्ट पार्नुपर्ने बताउँदै प्रदेश प्रमुख पदको उल्लंघन भएको विज्ञप्तिमा उल्लेख छ।

विपक्षी दलले पदको मर्यादा हुने गरी काम गर्न प्रदेश प्रमुखलाई सुझाएका छन्।

Facebook Comments

हरेक खबर खास खबर