५ असार २०७८, शनिबार
गृह बेलझुण्डि कोरोना अस्पतालले हात उठायो, अक्सिजन सकियो, नयाँ विरामी भर्ना नगर्ने
बेलझुण्डि कोरोना अस्पतालले हात उठायो, अक्सिजन सकियो, नयाँ विरामी भर्ना नगर्ने

दाङ। कोरोना अस्पताल बेलझुन्डी दाङले अब संक्रमितलाई भर्ना गर्न नसकिने बताएका छन्। अक्सिजन अभावका कारण भर्ना लिन नसकिएको भन्दै अस्पतालका व्यवस्थापक द्रोण वलीले सामाजिक सञ्जालमार्फत अपील गरेका हुन्।

उनका अनुसार अस्पतालमा हाल बेड संख्या १०० र्पुयाइएको छ भने ५७ जना संक्रमितको उपचार भइरहेको छ। तर,अक्सिजनको अभाव भएकाले ४५ जनाको ज्यान जोखिममा छ।


आवश्यकता अनुसार अक्सिजनको व्यवस्था नभएकाले थप संक्रमितलाई भर्ना गर्न नसकिने व्यवस्थापक वलीले बताए। उनले अक्सिजनको सजह व्यवस्थापनका लागि सम्पुर्ण सरोकारवाला समक्ष अपील पनि गरे।

Facebook Comments

हरेक खबर खास खबर