१० असार २०७८, बिहीबार
गृह महिला मन्त्री जुली महतो दम्पतीलाई कोरोना संक्रमण
महिला मन्त्री जुली महतो दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो र उहाँका श्रीमान पूर्वमन्त्री रघुवीर महासेठलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्री महतोले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिइन्।

उनले आफु चिकित्सकको निगरानीमा रहेको अनि आत्मविश्वास र मनोबल उच्च भएको उल्लेख गरेकि छन्।


केही दिनअघि पर्यटन मन्त्री भानुभक्त ढकाल दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

उर्जा मन्त्री टोपबहादुर रायमाझी र खानेपानी मन्त्री मणि थापा पनि केही दिनअघि संक्रमित भएका छन्।

Facebook Comments

हरेक खबर खास खबर