९ असार २०७८, बुधबार
गृह गेटास्थित निर्माणाधिन मेडिकल कलेजको भवनमा ५०० शय्याको आईसोलेशन
गेटास्थित निर्माणाधिन मेडिकल कलेजको भवनमा ५०० शय्याको आईसोलेशन

कैलाली। सुदूरपश्चिमा कोरोनाको संक्रमण बढेपछी अस्पतालहरु भरीएका छन् । संक्रमितको संख्या बढे सँगै कैलालीमा ५०० शय्याको आईसोलेशन बनाउन थालिएको छ।कैलालीको गेटास्थित निर्माणाधिन मेडिकल कलेजको भवनमा ५०० शय्याको आईसोलेशन बनाउने काम तीब्र अगाढी बढाईएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मातहतमा रहने गरी आईसोलेशन निर्माण भइरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाका अनुसार आईसोलेशन व्यवस्थापनको जिम्मा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई दिइनेछ। वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आइसोलेसन निर्माण स्थलको अवलोकन गरेका छन्। ।त्यहाँको सबै ब्यवस्थापन धनगढी र गोदावरीले गर्ने गरी छलफल भएको छ, दुबै स्थानीय तहका मेयर पनि त्यसका लागि तयार रहेका बता्उका छन् ।


मेडिकल कलेजको ३०० शय्याको अस्पताल र कलेज भवनको निर्माण अन्तिम चरणमा छ। त्यहाँ खानेपानी र विद्युतको आपूर्ति गर्ने बितिक्कै आईसोलेशनका रुपमा सञ्चालनमा ल्याउन सकिने देखेर यो भवन रोजिएको हो।

खानेपानीका लागि अत्तरिया खानेपानीको पाइपलाइन जोडिने भएको छ। आईसीयू, भेन्टिलेटर, शय्या, अक्सिजन लगायतका अत्यावश्यक सामाग्रीको तुरुन्त सप्लाईका लागि एक्सन टीम बनाएर काम अगाडि बनाइएको छ।

Facebook Comments

हरेक खबर खास खबर