४ असार २०७८, शुक्रबार
गृह फिल्म फेस्टिभल ‘निफ’ आजबाट सुरु हुँदै
फिल्म फेस्टिभल ‘निफ’ आजबाट सुरु हुँदै

काठमाडौं। नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) आजबाट सुरु हुँदैछ। फेष्टिभल यो पटक अनलाइन माध्यमबाट हुने छ। कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा सरकारले निषेधाज्ञा जारी गरेपछि ‘निफ’ अनलाइन हुने भएको हो।

निफमा पहिलो दिन बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले आफ्नो अनुभव साट्नु हुनेछ। अनुरागले चलचित्र सम्बन्धी आफ्नो करिअरका अनुभवहरू सुनाउनु हुनेछ।


फेष्टिभल नेट टिभीसँगै फेस्टिभलको पेजबाट लाइभ हुने आयोजकले जनाएको छ। नेपाली फिचर फिल्म प्रतिस्पर्धा अन्तर्गत तीनवटा मध्ये एकले उत्कृष्ट चलचित्रको एक लाख नगद पुरस्कारसहितको ट्रफी, उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्री ट्रफी पाउने छन्।

कोभिड–१९ले पारेको प्रभावमा बनेका यस्ता चलचित्रले ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन्। अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ।

Facebook Comments

हरेक खबर खास खबर