५ असार २०७८, शनिबार
गृह ४ सांसद र संसदका ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि
४ सांसद र संसदका ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं। प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार पीसीआर परीक्षणका लागि स्वाब दिएका ४ जना सांसद र ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए।

प्रवक्ता पाण्डेले बुधबार गरिएको स्वाब परीक्षणको कीकृत रिपोर्ट आइनसकेको बताएका छन्। धेरै सांसद र कर्मचारीको रिपोर्ट आउन भने बाँकि रहेको छ।


वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइएको छ। अधिवेशन सुरु हुनुअघि सांसदहरुको पीसीआर परीक्षण गरिएको हो।

Facebook Comments

हरेक खबर खास खबर