४ असार २०७८, शुक्रबार
गृह एमालेको निर्णयः ओलीले विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने
एमालेको निर्णयः ओलीले विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने

काठमाडौं। नेकपा एमालेले संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ। बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले यस्तो निर्णय लिएको एमाले नेता प्रदीप कुमार ज्ञवालीले जानकारि दिए।

माओवादी केन्द्रले बुधबार सरकारको समर्थन फिर्ता लिएपछि ओली अल्पमतमा परेका छन्। प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनमा विश्वासको मत लिँदै छन्।


स्थायी कमिटी बैठकले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने निर्णय गरेको छ।

यस्तै आजको बैठकले एमालेः राष्ट्रियसभा निर्वाचन जीत सुनिश्चित हुने गरी छलफल गर्ने नेकपा (एमाले) ले राष्ट्रियसभाका निर्वाचनमा पार्टीका उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि तथा मतदातासंँग छलफल गर्ने निर्णय गरेको छ।

बैठकमा वाग्मती प्रदेश राष्ट्रियसभा निर्वाचनमा दलका तर्फबाट उम्मेदवारको जीत सुनिश्चित हुने गरी छलफल भएको छ। एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले निर्वाचनको तयारीका सम्बन्धमा स्थायी कमिटी सदस्यले विभिन्न सुझाव दिएको र उम्मेदवारका बारेमा छिट्टै निर्णय गरिने जानकारी दिए।

आगामी जेठ ६ गते राष्ट्रियसभाको निर्वाचन (वाग्मती प्रदेश) हुँदै छ। सो प्रदेशका लागि दलले यसअघि रामबहादुर थापाको उम्मेदवारी घोषणा गरिसकेको छ।

Facebook Comments

हरेक खबर खास खबर