५ असार २०७८, शनिबार
गृह प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के होलान् निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के होलान् निर्णय

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

पार्टीको स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपति भवन शीतल निवास पुगेका थिए। लगत्तै उनले क्याबिनेट बैठक बोलाएको संघीय मामिलामन्त्री गणेशसिंह ठगुन्नाले बताए।


उनकाअनुसार आजको बैठकमा अतिरिक्त कार्यसूची छैन। “यो नियमित बैठक हो। साँझ पाँच बजे बोलाइएको छ। थप कार्यसूची छैन,” उनले भने।

मन्त्रीपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको छ।

ओलीले बिहीबार बिहान आकस्मिक रुपमा पार्टीको स्थायी समिति बैठक बोलाएका थिए। बैठक सकिएलगत्तै ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्।

Facebook Comments

हरेक खबर खास खबर