४ असार २०७८, शुक्रबार
गृह गायक प्रेमध्वज प्रधानको निधन
गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं। बरिष्ठ संगीतकार तथा गायक प्रेमध्वज प्रधानको निधन भएको छ।

सास फेर्न गाह्रो र छातीमा समस्या देखिएपछि उहाँलाई आज बिहान अस्पताल पुर्याइएको थियो ।


अस्पतालमा उपचारको क्रममा उनको करिब १ः४५ बजे बसुन्धरास्थित न्यूरो अस्पतालमा उहाँको नीधन भएको उहाँका छोराको साथी सबिन श्रेष्ठले बताए। कोरोनाभाइरस परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आाएको सबिनले बताए।

विसं १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै सांगीतिक माहोल थियो।

उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतमा गहिरो राख्नुहुनथ्यो एक समयका निक्कै चर्चित र स्टाईलिस गायकका रुपमा समेत परिचित प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै गीत अहिले पनि धेरै सुनिन्छन्।

Facebook Comments

हरेक खबर खास खबर