५ असार २०७८, शनिबार
गृह एमाले वाग्मती प्रदेशका मुख्य सचेतकमा निरौला
एमाले वाग्मती प्रदेशका मुख्य सचेतकमा निरौला

वाग्मती। नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन भएका छन्। काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेशसभा सदस्यमा निर्वाचित निरौला एमालेको काठमाडौँ जिल्ला कमिटीका सचिवसमेत हुनुहुन्छ।

निरौलालाई मुख्य सचेतकमा मनोनयन गरिएको जानकारी प्रदेशसभा सचिवालयलाई आज दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार निरौलालाई यही वैशाख १७ गते नै मुख्य सचेतकमा मनोनयन गरिएको थियो। निरौलालाई एमाले वाग्मती प्रदेशका संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेको जनाइएको छ।


एमालेका तत्कालीन मुख्य सचेतक केशवराज पाण्डे प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री भएपछि रिक्त पदमा निरौलालाई चयन गरिएको प्रदेशसभा सचिवालयलाई दलले बुझाएको पत्रमा उल्लेख छ। पाण्डेअघि हालका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँल मुख्य सचेतक हुनुहुन्थ्यो।

Facebook Comments

हरेक खबर खास खबर