४ असार २०७८, शुक्रबार
गृह एकै दिनमा ह्वात्तै बढे कोरोना संक्रमित, थप ९०७० जनामा संक्रमण पुष्टि
एकै दिनमा ह्वात्तै बढे कोरोना संक्रमित, थप ९०७० जनामा संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो।


यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो।

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।

Facebook Comments

हरेक खबर खास खबर