१० असार २०७८, बिहीबार
गृह देउवासँगको भेटपछि माधव नेपाल शीतल निवासमा
देउवासँगको भेटपछि माधव नेपाल शीतल निवासमा

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएका छन्।

नेपाली काँग्रेसकासभापति शेरबहादुर देउवासँगको छलफलपछि बूढानीलकण्ठबाट उनी शीतल निवासतिर लागेको बताइएको छ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका थिए।


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवालाई भेटेको भोलिपल्टै नेता नेपाल बूढानीलकण्ठ पुगेका हुन्।

आफू निकट नेताहरुसहित ओली पनि बूढानिलकण्ठ पुगेका थिए। प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने भएपछि नेताहरुको भेटवार्ता बाक्लो भएको छ।

Facebook Comments

हरेक खबर खास खबर