९ असार २०७८, बुधबार
गृह पछिल्ला काम कारवाहीप्रति काँग्रेसको असन्तुष्टि
पछिल्ला काम कारवाहीप्रति काँग्रेसको असन्तुष्टि

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका पछिल्ला काम कारबाहीप्रति असन्तुष्टि जनाएको छ। कांग्रेस संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै सरकार मानवीय जीवनको रक्षा गर्न असक्षम ठोकुवा गरेका छन्।

कोभिड–१९ को नयाँ स्वरुपमा देखापरेको कोराना भाइरसको विश्वव्यापी असर अब विस्तारै छिमेकी मुलुक भारत हुँदै नेपालमा पनि द्रुतगतिमा देखापरिसकेको र एमालेको नेतृत्वमा रहेको वर्तमान सरकारको चरम लापरवाही, गैरजिम्मेवारपुर्ण रवैया र असंवेदनशील कार्यका कारण एकातिर देशको राजनीति अनिश्चित, अन्योल र संकटग्रस्त देखिएको छ भने अर्कोतिर कोभिड–१९ महामारीको दोश्रो लहर संगै मानवीय जीवनको रक्षा गर्न सरकार असक्षम रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।


Facebook Comments

हरेक खबर खास खबर