४ असार २०७८, शुक्रबार
गृह राती १२ बजेबाट अन्तराष्ट्रिय उडान बन्द हुँदै, उडान र यात्रुको चाप अत्यधिक
राती १२ बजेबाट अन्तराष्ट्रिय उडान बन्द हुँदै, उडान र यात्रुको चाप अत्यधिक

काठमाडौं। बिहीबार राती १२ बजेबाट अन्तराष्ट्रिय उडान बन्द हुँदैछ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द गर्ने भनिएसँगै यात्रु र उडान संख्या अत्यधिक बढेको छ।

यो दुई दिन बुधबार र बिहीबार मात्र १ सय ७ वटा उडान विमानसथलबाट भएको छ।
यो संख्या कोरोनाको पहिलो लहरपछिको सबैभन्दा धेरै भएको नागरिक उड्डयन प्राधिकरणले जानाएको छ।


प्राधिकरणका प्रवत्ता राजकुमार क्षेत्रीका अनुसार आज राती १२ बजेसम्ममा २५ वटा विमान विमानस्थलमा आउनेछन् भने २६ वटा विमान नेपालबाट अन्य मुलुकका लागि प्रस्थान गरेका छन्।

जसमा नेपाल एयरलाइन्सको एउटा विमान जापान गएको छ र त्यो भोली नेपाल फर्किने छ।

बिहीबारको भन्दा चार वटा बढी उडान बुधबार भएका छन्। बुधबार ५६ वटा फ्लाइट भएकामा २८ वटा जहाज अन्य मुलुक प्रस्थान गरेका थिए भने २८ ओटा नै नेपाल भित्रिएका थिए।

जसमा २ हजार १९१ यात्रु अन्तराष्ट्रिय उडानबाट नेपाल आएका थिए भने ३ हजार ७०३ जना नेपालबाट बाहिर गएका थिए। यसमा १३ वटा चाटर्ड उडान थिए भने अन्य उडान सेड्यूल फ्लाइट भएको प्रवक्त क्षेत्रीले जानकारी दिएका छन्।

देशमा कोरोना भाइरसका संक्रमित संख्या बढेसँगै एक हप्ता अघि सरकारले आन्तरिक र अन्तराष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो।

सरकारले अर्को निणर्य नगरुन्जेलीसम्मका उडान बन्द गर्ने भएपछि केही दिनदेखि अन्तराष्ट्रिय उडान र विभिन्न मुलुक यात्रा गर्ने यात्रुको संख्या बढेको छ।

Facebook Comments

हरेक खबर खास खबर