४ असार २०७८, शुक्रबार
गृह माल्दिभ्सका पूर्वराष्ट्रपति तथा सभामुख सभामुख बम विस्फोटमा घाइते
माल्दिभ्सका पूर्वराष्ट्रपति तथा सभामुख सभामुख बम विस्फोटमा घाइते

काठमाडौं। माल्दिभ्सका संसद सभामुख मोहम्मद नसिद बम विस्फोटमा घाइते भएका छन्।उनी आफ्नै घरबाहिर बिहीबार बेलुका भएको विस्फोटमा घाइते भएका हुन्। त्यसपछि उनलाई तत्काल अस्पताल लगिएको थियो।

पूर्वराष्ट्रपति समेत रहेका सभामुख मोहम्मद नसिदलाई चोट लागेको छ र अहिले उनको एडीके अस्पतालमा उपचार भइरहेको छ,’ प्रहरीले जारी गरेको वक्तव्यमा भनिएको छ।


उनलाई के कस्तो चोटपटक लागेको हो भन्नेबारे भने विस्तृत विवरण दिइएको छैन। उनका अंगरक्षकमध्ये एकजनालाई अस्पताल लगिएको छ।

परराष्ट्रमन्त्री अब्दुल्ला शहिदले सो घट्नाको कडा शब्दमा निन्दा गरेका छन्। ‘यस्ता कायरतापूर्ण घट्नाको हाम्रो समाजमा कुनै स्थान हुनेछैन,’ उनले भनेका छन्।

उनको पार्टी माल्दिभियन डेमोक्रेटिक पार्टीका एक अधिकारीका अनुसार ५३ वर्षीय नसिद आफ्नो कारमा चढ्नै लाग्दा सो विस्फोट भएको थियो। ‘विस्फोटक वस्तुलाई पार्क गरिएको मोटरसाइकलमा जोडिएको जस्तो देखिन्छ,’ उनले भनेका छन्। थप अनुसन्धान भइरहेको उनले बताए।

राजधानी मालेका स्थानीयहरुले सो विस्फोटको आवाज शहरभर सुनिएको बताए।  उनको पार्टीले २०१९ मा एकलौटी रुपमा निर्वाचन जितेर सत्तामा गएपछि उनी सभामुख भएका हुन्।

त्यसो त उनी सन् २००८ मै भएको पहिलो बहुदलीय चुनाव जितेर देशकै पहिलो निर्वाचित राष्ट्रपति बनेका थिए।

Facebook Comments

हरेक खबर खास खबर