४ असार २०७८, शुक्रबार
गृह भारतका सहरमा पूर्ण लकडाउन शुरु
भारतका सहरमा पूर्ण लकडाउन शुरु

दिल्ली। भारतका विभिन्न सहरमा अब पूर्ण रुपमा लकडाउन गर्न थालिएको छ। पछिल्लो समय बढ्दै गइरहेको कोरोनाभाइरस संक्रमणका कारण भारतीय सहरहरुमा लकडाउन गर्न थालिएको हो। यसअघि भारतका सहरहरुमा निषेधाज्ञा लगाइएको थियो।

तर, पछिल्लो समय भारतको राजस्थानमा पूर्ण लकडाउन घोषणा गरिएको छ। राजस्थान सरकारले आफ्नो राज्यमा १० मेदेखि २४ मेसम्म पूर्णरुपमा लकडाउन लगाएको हो।


बिहीबार त्यहाँका मुख्यमन्त्री अशोक गहलोतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। पछिल्लो समय राजस्थानमा युवा वर्गमा बढी कोरोना संक्रमण देखिएको थियो।

Facebook Comments

हरेक खबर खास खबर