५ असार २०७८, शनिबार
गृह ‘नेपालमा कोरोना भारतको भन्दा भयावह हुनसक्छ’
‘नेपालमा कोरोना भारतको भन्दा भयावह हुनसक्छ’

अन्तराष्ट्रिय मिडियाहरुले नेपालमा कोरोनाभाइरस संक्रमण भारतभन्दा बढि खतरनाक हुने बताएको छ। अमेरिकी मिडिया सिएनएनले नेपालमा कोरोनाभाइरसको पछिल्लो अवस्थाबारे एक रिपोर्ट प्रकाशित गरेको छ।

प्रकाशित रिपोर्टमा सिएनएनमा नेपालमा कोरोनाभाइरसको अवस्था भारतको भन्दा भयावह हुनसक्ने अनुमान गरिएको छ।


नेपालमा अहिले पछिल्लो समय १ लाख मानिसमा २० जनामा दैनिक कोरोनाभाइरस संक्रमण देखिएको बताइएको छ। भारतमा दुई साताअघि यही अवस्था रहेको पनि सिएनएनमा उल्लेख गरिएको छ।

समाचारमा गत सप्ताहन्तमा ४४ प्रतिशत कोरोना परीक्षणमा पोजेटिभ देखिएको बताइएको छ।

Facebook Comments

हरेक खबर खास खबर