५ असार २०७८, शनिबार
गृह काठमाडौंमा कार्यरत ९१ पत्रकार कारोना संक्रमित
काठमाडौंमा कार्यरत ९१ पत्रकार कारोना संक्रमित

काठमाडौं। काठमाडौंमा कार्यारत ९१ जना पत्रकार कोरोनाभाइरस संक्रमणबाट संक्रमित भएका छन्।

बिभिन्न संचारगृहमा कार्यरत ९१ जना पत्रकारलाई कोरोना संक्रमण भएको पाइएको नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले बताए।


बिहीबारसम्म नेपालपत्रकार महासंघको ३३ वटा प्रतिष्ठान शाखासहित ४८ विभिन्न सञ्चार गृहका अध्यक्ष र पत्रकारसँग गरिएको टेलिफोनमा सो तथ्यांक पाइएको उनले बताए।

अध्यक्ष अधिकारीका अनुसार १९ प्रतिष्ठान शाखासहित २५ सञ्चार गृहका ९१ पत्रकारलाई कोरोना संक्रमण देखिएको हो। उनीहरूमध्ये महासंघका एक जना केन्द्रीय सदस्य, प्रदेश समितिका एक सदस्य, प्रतिष्ठान शाखाका दुई अध्यक्ष, निर्वतमान केन्द्रीय सचिवसहितका पदाधिकारीलाई कोरोना संक्रमण देखिएको छ।

राजधानीका २५ वटा सञ्चारगृहका पत्रकारमा कोरोना देखिएको उनले बताए। संक्रमितमध्ये केही होम आइसोलेसनमा रहेको र केहीको उपचार भइरहेको छ।

Facebook Comments

हरेक खबर खास खबर