९ असार २०७८, बुधबार
गृह जनशक्ति नभएर भेन्टिलेटर प्रयोगविहीन ः विरामीलाई नेपालगन्ज र सुर्खेत रेफर
जनशक्ति नभएर भेन्टिलेटर प्रयोगविहीन ः विरामीलाई नेपालगन्ज र सुर्खेत रेफर

जाजरकोट। जनशक्ति अभावमा जाजरकोट अस्पतालको भेन्टिलेटर प्रयोगविहीन रहेका छन्  । गत वर्ष खरिद गरिएको भेन्टिलेटर सञ्चालन नभई अस्पतालको कोठामा प्रयोगविहीन अवस्थामा  राखीएका छन्। अस्पतालमा भेन्टिलेटरसहितको उपचार नभएपछि संक्रमित बाहिर जानुपर्ने बाध्यता रहेकको छ।

जिल्ला अस्पतालमा एक एक जना एमडीजीपी, डेन्टल सर्जन र आयुर्वेद चिकित्सकसहित ७ मेडिकल अधिकृत कार्यरत छन् ।सबै चिकित्सक करार सेवाका रहेका छन् । भेन्टिलेटर सञ्चालन गर्न तालिमप्राप्त विशेषज्ञ चाहिने अस्पतालका डा. अमिन शाहले जनाए। स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन कृष्ण खत्रीले भने विशेषज्ञ चिकित्सक नहुँदा कोरानाबाट जटिल अवस्थामा पुगेका बिरामीको रेफरको विकल्प छैन् । ‘अक्सिजनको समेत अभाव छ,’ उनले भने, ‘अरू उपकरण पनि नहुँदा बिरामीलाई रेफर गर्नुको विकल्प छैन ।’


जाजरकोटमा बुधबारसम्म २ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । विभिन्न ठाउँमा भएको एन्टिजेन परीक्षणबाट संक्रमितको संख्या थपिँदै गएको खत्रीले जनाएका छन् । जटिल अवस्थाका ६ जनालाई उपचारका लागि नेपालगन्ज र सुर्खेत रेफर गरिएको छ । भेरी नगरपालिका–२ का टोपबहादुर थापाका अनुसार संक्रमितहरू गाउँ पस्न थालेपछि समुदायस्तरमा संक्रमण फैलिएको हो । ‘बाहिरबाट आएकालाई चेकजाँच नगरी गाउँमा पठाउँदा समस्या भयो,’ उनले भने, ‘तर पनि स्थानीय सरकार मौन छन् ।’ स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि पूजापाठ, विवाह, भोजभतेरलगायत धार्मिक कार्य धमाधम हुँदा संक्रमण भयावह बन्ने देखिएको उनको बताएका छन् ।

संक्रमण फैलन नदिन जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहाले जनाएका छन्। उनका अनुसार यातायातको असुविधा, विद्युत र दक्ष जनशक्तिको अभावमा अक्सिजनसहितको सुविधासम्पन्न आइसोलेसन बनाउन समस्या भएकोछ।

Facebook Comments

हरेक खबर खास खबर