३१ जेष्ठ २०७८, सोमबार
गृह बाँकेमा थप १० जना कोरोना सङ्क्रमितको मृत्यु
बाँकेमा थप १० जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके। बाँकेमा थप १० जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ। भेरी अस्पतालमा ५ र शिक्षण अस्पतालमा ५ गरी १० जनाको ज्यान गएको हो।

नेपालगञ्ज उपमहानगरपालिकाका ७, कोहलपुर नगरपालिकाका एक, बर्दियाको बारबर्दियाका एक र टीकापुर कैलालीका एक जना सङ्क्रमितको ज्यान गएको अस्पतालले जनाएको छ।


योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक सय ६९ पुगेको छ। बाहिरी जिल्लाका एक सय ३० जनाको मृत्यु भएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर