३१ जेष्ठ २०७८, सोमबार
गृह हेटौंडामा ट्रक र बस ठोक्किए, १८ जना घाइते
हेटौंडामा ट्रक र बस ठोक्किए, १८ जना घाइते

मकवानपुर। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा ट्रक र बस ठोक्किँदा १८ जना घाइते भएका छन्। घाइतेको विवरण प्राप्त हुन सकेको छैन ।

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ४१४६ नम्बरको ट्रक र गौर जाँदै गरेको ना ७ ख ९१४० नम्बरको बस ठोक्किएर दुर्घटनाग्रस्त हुँदा १८ जना घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले जानकारी दिए।


घाइते सबैको उद्धार गरी चुरेहिल अस्पतालमा उपचार भइरहेको र एकजनाको अवस्था गम्भीर रहेको डीएसपी रिमालले जनाएका छन्।

Facebook Comments
+ posts

हरेक खबर खास खबर