४ असार २०७८, शुक्रबार
गृह रुपन्देहीमा कोभिड १९ बाट ज्यान गुमाउनेकाे संख्या २४५ पुग्याे
रुपन्देहीमा कोभिड १९ बाट ज्यान गुमाउनेकाे संख्या २४५ पुग्याे

बुटवल। रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ। रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या २४५ पुगेको हो।

मध्यराती मृत्यु हुनेमा १ जना कोरोना विशेष अस्पतालको आईसीयूमा र २ जना प्रादेशिक अस्पतालको इमर्जेन्सीमा मृत्यु भएको हो।


लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार बुटवल तामनगरका ६५ वर्षीय पुरुषको राती १ बजे मृत्यु भएको छ। उनी वैशाख २० गतेदेखि कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत थिए।

त्यसैगरी, वैशाख २२ गते अस्पतालको इमर्जेन्सीमा भर्ना भएका तिलोत्तमा १ का ४३ वर्षीय पुरुषको राती २:२१ मा मृत्यु भएको छ भने वैशाख १९ देखि अस्पतालको इमरर्जेन्सीमा उपचाररत तिलोत्तमा १ की अर्की महिलाको बिहान ५ बजे मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए।

Facebook Comments

हरेक खबर खास खबर