३१ जेष्ठ २०७८, सोमबार
गृह केपी ओलीसँग कुनै सहमति भएको छैनः माधव नेपाल
केपी ओलीसँग कुनै सहमति भएको छैनः माधव नेपाल

काठमाडौं। एमाले विभाजन रोक्न प्रयास भइरहेका बेला एमालेका नेता माधवकुमार नेपालले केपी ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको प्रष्ट पारेका छन्।

माधव नेपालको फेसबुक पेजबाट जारी संक्षिप्त विज्ञप्तिमा २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटमलाइन भएको उल्लेख छ।


विज्ञप्तिमा भनिएको छ, ‘हामी वार्ता र लचकता दुवै अपनाउछौं। तर, अहिलेसम्म कुनै सहमति भएको छैन। २०७७ फागुन २८ गते र त्यसपछि भएका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ।’

Facebook Comments
+ posts

हरेक खबर खास खबर