४ असार २०७८, शुक्रबार
गृह बादललाई नै राष्ट्रिय सभाको उम्मेदवार बनाउने एमालेको निर्णय
बादललाई नै राष्ट्रिय सभाको उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं। रिक्त राष्ट्रिय सभाको सदस्य पदमा रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बादललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए।


उम्मेदवारी दिने तय भएपछि बादल हेलिकप्टर चढेर हेटौंडा पुगेका छन्। जेठ ६ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन गर्ने निर्वाचन कार्यक्रम छ।

बाग्मती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित बादल माओवादी त्यागेर एमालेमा लागेपछि उनको सांसद पद गुमेको थियो।

नेपाली कांग्रेस माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

Facebook Comments

हरेक खबर खास खबर