४ असार २०७८, शुक्रबार
गृह गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु, आठ घाईते
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु, आठ घाईते

गुल्मी। गुल्मीमा चट्याङ लागेर दुर्य जनाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको र अन्य आठ जना घाईते भएका हुन्। मृत्यु हुनेमा मुसिकोट नगरपालिका ४ दजाकोट निवासी वर्ष १८ की करिश्मा गाहा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

शुक्रबार बिहान ५ः३० बजे घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा उनीहरु घाईते बनेका हुन् । उनीहरुलाई उपचारको लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रममा बाटोमै गाहाको ज्यान गएको बताईएको छ।


घाईते हुनेहरुमा सोही ठाउँका वर्ष ४२ की जुनी गाहा, वर्ष १८ की मेलिना गाहा, वर्ष ८ का जेनित गाहा, वर्ष ३८ का तुल बहादुर गाहा, वर्ष ६० का उजुर सिंह गाहा, वर्ष ५५ की फटिकला गाहा, वर्ष ३२ का चित्र बहादुर गाहा र वर्ष २८ की ज्योती गाहा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले बताए।

घाईतेहरु मध्य चार जनालाई थप उपचारको लागि पाल्पा पठाईएको छ भने अन्य चार जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । उनीहरुको अनुहार लगायत शरिरमा चोट लागेको छ ।

Facebook Comments

हरेक खबर खास खबर