५ असार २०७८, शनिबार
गृह उम्मेदवारी दिन हेलिकप्टर चढेर हेटौँडा गए बादल
उम्मेदवारी दिन हेलिकप्टर चढेर हेटौँडा गए बादल

काठमाडौं। राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिन गृहमन्त्री रामबहादुर थापा बादल हेटौँडा पुगेका छन्।

गृहमन्त्री थापा सत्तारुढ एमालेको तर्फबाट राष्ट्रियसभा उम्मेदवार नेका हुन्। एमाले बाहेकका दल र माधव नेपाल पक्ष एकैतिर हुँदा आफू पराजित हुन सक्ने भन्दै थापाले बिहानसम्म उम्मेदवारी दिन रुची देखाएका थिएनन्।


यसअघि थापा वाग्मती प्रदेशबाट राष्ट्रियसभा सदस्य थिए। एमालेमा लागेपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो।

माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षले सङ्घीयता विज्ञ डाक्टर खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन्।

वाग्मती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपचुनावको लागि आज उम्मेदवारको मनोनयन हुन लागेको हो।

नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह र जसपा नेपालको उपेन्द्र यादव पक्षको साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराइसकेका छन्।

Facebook Comments

हरेक खबर खास खबर