५ असार २०७८, शनिबार
गृह राष्ट्रियसभा सदस्यमा थापा र देवकोटाको उम्मेदवारी दर्ता
राष्ट्रियसभा सदस्यमा थापा र देवकोटाको उम्मेदवारी दर्ता

काठमाडौं। बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन नेकपा एमालेबाट रामबहादुर थापा र गठबन्धनका उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी दर्ता भएको छ।

वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा थापा र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन्। थापाको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन्। ।


त्यस्तै गठबन्धनका उम्मेदवार देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छन्।

देवकोटा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेपाल समूहको गठबन्धनका उमेद्वार हुन्।
राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ।

नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन्।

Facebook Comments

हरेक खबर खास खबर