५ असार २०७८, शनिबार
गृह अस्पतालमा बेड खोज्दाखोज्दै वडा सदस्यको मृत्यु
अस्पतालमा बेड खोज्दाखोज्दै वडा सदस्यको मृत्यु

बुटवल। बुटवलमा एकजना वडा सदस्यको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै ज्यान गएको छ। बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको हो।

थापालाई एम्बुलेन्समा राखेर अस्पताल चहार्दाचहार्दै बेड नपाएर एम्बुलेन्समै मृत्यु भएको नगरप्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराइले बताए।


थापालाई एक हप्ता अघि कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा बेड नपाउँदा होम आइसोलेसनमा बस्दै आउनुभएको थियो। उनलाई बिहीबार स्वास्थ्यमा थप समस्या आएपछि क्रिमसन अस्पताल मणिग्राम र्पुयाइएको थियो।

तर अस्पतालले आईसीयू र भेन्टिलेटर खाली नभएको बताएपछि एम्बुलेन्समा राखेर थापालाई भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेज र्पुयाइएको थियो।

उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले अस्पतालमा समयमै उपचार नपाएका कारण वडा सदस्यको मृत्यु भएको बताए।

Facebook Comments

हरेक खबर खास खबर