९ असार २०७८, बुधबार
गृह राष्ट्रियसभा उपचुनावको लागि थप एक उम्मेदवार
राष्ट्रियसभा उपचुनावको लागि थप एक उम्मेदवार

काठमाडौं। वागमती प्रदेशतर्फको राष्ट्रियसभा उपचुनावको लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि उम्मेदवारी दर्ता गराएको छ।

उम्मेदवारका लागि काभ्रेका कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका हुन्। तामाङको प्रस्तावकमा नेमकिपाका प्रदेश सांसद सुरेन्द्रराज गोसाई र समर्थकमा प्रदेश सांसद सिर्जना सायँजु बसेका छन्।


एमालेबाट गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा ‘बादल’ र बादलविरुद्ध एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटा कांग्रेस र माओवादीको समर्थनमा उम्मेदवार बनेका छन्।

एप निर्वाचन जेठ जेठ ६ गते का लागि तय भएको छ।

Facebook Comments

हरेक खबर खास खबर