५ असार २०७८, शनिबार
गृह भीरमाथि टिकटक बनाउने क्रममा लडेर एक युवकको मृ्त्यु
भीरमाथि टिकटक बनाउने क्रममा लडेर एक युवकको मृ्त्यु

उदयपुर। उदयपुरको कटारी नगरपालिका—११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लडेर एक युवकको मृ्त्यु भएको छ।

धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना. १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे भीर छेउमा बिग्रिएको र सोही सुमोमा सवार धरान—५ का १८ वर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भीरबाट लडेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका छन्।


लडेर गम्भीर घाइते भएको परियारको उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर