४ असार २०७८, शुक्रबार
गृह खोपमा कमिसन विवाद सम्बधि समाचारको खण्डन, केहि दिनभित्रै सिरमको खोप आउने सरकारको दावी
खोपमा कमिसन विवाद सम्बधि समाचारको खण्डन, केहि दिनभित्रै सिरमको खोप आउने सरकारको दावी

काठमाडौं। सरकारले सिरम इन्स्टिच्युटले चाँडै खोप आपूर्ति गर्ने जानकारी गराएको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गातमले एक विज्ञप्ती जारी गर्दै कमिसन विवादको कारण भारतको सिरम इन्स्टिच्युटसँग ५० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने प्रक्रिया रोकिएको भनेर प्रकासित समाचारको पनि औपचारिक रूपमा खण्डन गरेको छ।


विज्ञप्तिमा प्रकासित समाचारमा कुनै सत्यता नरहेको र खोप आउने क्रममा नै रहेको दावी गरिएको छ। वक्तव्यमा सिरम इन्स्टिच्युटले चाँडै खोप आपूर्ति गर्ने जानकारी मन्त्रालयलाई दिएको दावी गरिएको छ।

सिरमले दिनुपर्ने २० लाख डोज खोपमध्ये १० लाख प्राप्त भएको र बाँकी खोपको आपूर्ति वर्तमान विश्व परिस्थितीमा निर्भर हुने विज्ञप्तिमा जनाइएको छ।

सिरम इन्स्टिच्युटले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकतामा रहेको तर, सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुने वित्तिकै खोप आपूर्ति गर्ने जानकारी दिएको समेत विज्ञप्तीमा उल्लेख छ।

थप ५० लाख डोज खोप खरिद गर्ने अवस्था तत्काल नरहेको समेत मन्त्रालयले स्पष्ट पारेको छ।

Facebook Comments

हरेक खबर खास खबर