४ असार २०७८, शुक्रबार
गृह महामारीमा स्वास्थ्यकर्मीको आन्दोलनः बीपी प्रतिष्ठान पदाधिकारीको कार्यकक्षमा ताला
महामारीमा स्वास्थ्यकर्मीको आन्दोलनः बीपी प्रतिष्ठान पदाधिकारीको कार्यकक्षमा ताला

धरान। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारजना पदाधिकारीको कार्यकक्षमा कर्मचारीले तालाबन्दी गरेका छन्।

आज विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका कर्मचारीले प्रतिष्ठानका पदाकिारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। आन्दोलनमा उत्रिएका कर्मचारीले उपकुलपती डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।


प्रतिष्ठानको कर्मचारी तदर्थ समितिका अध्यक्ष राजन कोइरालाको नेतृत्वमा आन्दोलनमा उत्रिएका कर्मचारीले प्रतिष्ठानका पदाधिकारीले प्रतिष्ठान राम्रोसँग संचालन गर्न नसकेको, कोभिड भत्ता उपलब्ध नगराएको, गत आर्थिक वर्षमा वृद्धि भएको २० प्रतिशत तलब नदिएको, कर्मचारीको आन्तरिक फायल बढुवा नगरेको र ज्वालादारी कर्मचारीलाई करार गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएको अध्यक्ष कोइरालाले बताए।

प्रतिष्ठानका पदाधिकारीलाई वैशाख १४ गते पाँच बुँदे माग राखेर ज्ञापन पत्र बुझाउदा समेत माग पुरा नभए पश्चात कर्मचारी आन्दोलनमा उत्रनु परेको कोइरालाले बताए।

Facebook Comments

हरेक खबर खास खबर