१० असार २०७८, बिहीबार
गृह प्रधानमन्त्री ओलीले डाके संवैधानिक परिषद् बैठक
प्रधानमन्त्री ओलीले डाके संवैधानिक परिषद् बैठक

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी संवैधानिक परिषदको बैठक बोलाएका हुन्। बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने बुझिएको छ।


हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन्। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छ। समावेशी आयोगले पनि पूर्णता पाएको छैन।

Facebook Comments

हरेक खबर खास खबर