३१ जेष्ठ २०७८, सोमबार
गृह कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा तीन दाजुभाइको मृत्यु
कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा तीन दाजुभाइको मृत्यु

बाँके। कोरोना भाइरस सङ्क्रमणबाट नेपालगञ्जमा एकैघरका तीन दाजुभाइको मृत्यु भएको छ। मृत्युहुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका जनाइएको छ। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो।

जहीरको मृत्यु भएको भोलिपल्ट एक जनाको मृत्यु भएको थियो। आज विहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए। सात दाजुभाई मध्ये जहीर कान्छा , एजाज राइलो र इम्तियाज काइलो हुन्।


उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आउनु भएका जहिरको बुधबार, एजाजको बिहीवार र इम्तियाजको आज मृत्यु भएको हो।

Facebook Comments
+ posts

हरेक खबर खास खबर