४ असार २०७८, शुक्रबार
गृह कैलालीमा शुक्रबार ४ जना संक्रमितको मृत्यु
कैलालीमा शुक्रबार ४ जना संक्रमितको मृत्यु

कैलाली। कैलालीमा शुक्रवार ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडकी ५७ वर्षीय महिला, पर्वत घर भई कञ्चनपुर पुनर्वास नगरपालिका ७ बस्ने ७६ वर्षीया महिला, कैलाली गोदावरी नगरपालिका २ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो।

यस्तै धनगढी १ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।


Facebook Comments

हरेक खबर खास खबर