३१ जेष्ठ २०७८, सोमबार
गृह पत्रकारलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
पत्रकारलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं। समाचार लेखेका कारण पक्राउ परेका उज्यालो नेटवर्कका दुई जना पत्रकारलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

बन्दी प्रत्यक्षीकरण रीटमाथि सुनुवाई गर्दै सर्वोच्चले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङ (प्रभात) लाई तत्काल रिहा गर्न आदेश दिएको जनाइएको छ।


समाचार संप्रेषणसम्बन्धी विषयमा विवाद देखिएको, निवेदक पक्षले क्षमायाचना गरिसकेको अवस्थामा थुनामा राखिरहनु कानूनविपरीत हुने ठहर सर्वोच्चले गरेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर