९ असार २०७८, बुधबार
गृह गायक सानाहाङ लिम्बु को “एक नजर” गीत सार्बजनिक
गायक सानाहाङ लिम्बु को “एक नजर” गीत सार्बजनिक

प्रवासी भुमिमा छायांकन गरिएको “एक नजर” गीतको म्युजिक भिडियो यूट्युब मार्फत सार्बजनिक भएको छ। मिरा मगर को प्रस्तुती मा गायक सानाहाङ लिम्बुको स्वर रहेको गीत लाई बिन्दु दर्लामी मगर ले लेख्नु भएको छ भने जनक बिबश न्यौपाने ले संगीत दिएका छन्।

“एक नजर” जुधे पछि भौतारिदै खोज्दै हिँडेकाे गीत को भाब लाई भिडियो मार्फत देखाउन खोजिएको छ। प्रवासी प्रतिभाहरु लाई अवसर दिएर तयार पारिएको म्युजिक भिडियो मा राजु सेन्चुरी, बबिता गुरुङ को साथमा मिरा मगर को पनि उत्कृष्ट अभिनय रहेको छ।


रुद्र तामाङ ले छायांकन गरेकाे  भिडियो लाई राजु सेन्चुरिले निर्देशन गरेका छन्।  गीतलाई सार्वजनिक गर्नमा गायक श्री राई ले पनि महत्त्वपूर्ण भुमिका निभाएका छन्। प्रवासी भुमी बाटै नेपाली गित संगीतको जगेर्ना गर्ने चेष्टा गर्ने विश्वास गरिएकाे छ।

Facebook Comments

हरेक खबर खास खबर