३१ जेष्ठ २०७८, सोमबार
गृह जेरुसलमको मस्जिदमा झडप, १७८ जना घाइते
जेरुसलमको मस्जिदमा झडप, १७८ जना घाइते

एजेन्सी। जेरुसलमको एक मस्जिदमा इजरायली प्रहरी र पेलेस्टेनी धर्माबलम्बीहरुबीच भएको झडपमा १ सय ७८ जना घाइते भएका छन्।

इजरायलको अल अक्सा मस्जिदमा हजाराैंकाे संख्यामा भेला भएका मुस्लिम समुदायका धमाबलम्बीहरुले रमादानको अन्तिम दिन प्रार्थनाका क्रममा भएको झडपमा उनीहरु घाइते भएका हुन्।


जेरुसलममा पेलेस्टेनी परिवारलाई इजरायलले लखेट्न खोजेको निउँमा झडप भएको बुझिएको छ।

झडपकै क्रममा प्रदर्शकारीहरुले प्रहरीमाथि बोतल र ढुंगा प्रहार गर्दा प्रहरीले भने प्रर्दशनकारीहरुमाथि ग्रेनेड प्रहार गरेपछी दोहोरो भिडन्त भएको हो।

घटनामा दर्जनौ प्रहरी घाइते भएका छन्। इजरायल र पेलेस्टेनी जनताबीच जेरुसलममा दशकौंदेखि केही न केही निउँमा झडप हुने गरेको छ। जसमा सयौंको ज्यान जाने गरेको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर