५ असार २०७८, शनिबार
गृह अहिलेसम्म ६२ वटा जिल्लामा निषेधाज्ञा
अहिलेसम्म ६२ वटा जिल्लामा निषेधाज्ञा

काठमाडौं। कोरोनाभाईरस स.क्रमणको दोश्रो भेरियन्ट सहितको संक्रमण फेटावट तिब्र बन्दै गएसंगै नेपालमा निशेधाज्ञा जारी हुने जिल्लाको संख्या ६२ पुगेको छ।

आजसम्म ५१ जिल्लामा पूर्ण र बाँकी ११ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ। शनिबारबाट थप पर्वतको जलजला गाउँपालिका वडा नम्बर २, ३ र ४ तथा वडा नम्बर ७ को बजार क्षेत्रमा निषेधाज्ञा लगाइएको छ। निषेधाज्ञा आज राति १२ बजेदेखि सुरु भइ आउँदो ३१ गते १२ बजेसम्म लागू हुनेछ।


दार्चुला र सङ्खुवासभामा आईतबार(भोली)देखि निषेधाज्ञा सुरु हुनेछ। आउँदो जेठ चार गतेसम्मको विभिन्न मितिमा गरी १९ जिल्लामा निषेधाज्ञा थप गरिएको छ।

कोरोना भाइरसको सङ्क्रमण देशभर नै बढिरहेकाले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयको अनुमान छ। गृह मन्त्रालयले काम नपरि बाहिर ननिस्कन आग्रह समेत गरेको छ।

अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।

Facebook Comments

हरेक खबर खास खबर