५ असार २०७८, शनिबार
गृह सूर्य चिह्नमा छाप लगाई एमाले विरोधी गठबन्धनलाई परास्त गरौंः सुर्य थापा
सूर्य चिह्नमा छाप लगाई एमाले विरोधी गठबन्धनलाई परास्त गरौंः सुर्य थापा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आगामी २०७८ जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा सूर्य चिह्नमा छाप लगाई एमाले विरोधी गठबन्धनलाई परास्त गर्न आह्वान गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटर मार्फत थापाले राष्ट्रियसभा सदस्यको निर्वाचनमा वागमती प्रदेशमा नेकपा एमालेबाट रामबहादुर थापा ‘बादल’ उम्मेदवार रहेको जानकारी दिदै जिताउन आग्रह गरेका छन्।


एमाले विरोधी गठबन्धनलाइ परास्त गर्न पनि उनको आग्रह छ।

उनी लेख्छन्,’आगामी २०७८ जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा वागमती प्रदेशमा नेकपा एमालेबाट कमरेड रामबहादुर थापा ‘बादल’ उम्मेदवार हुनुभएको छ । एमालेविरोधी गठबन्धनलाई परास्त गरौं ! सूर्य चिह्नमा छाप लगाई उहाँको विजय सुनिश्चित गर्न सिंगो पार्टीपंक्ति सक्रिय बनौं !’

Facebook Comments

हरेक खबर खास खबर