४ असार २०७८, शुक्रबार
गृह कोरोना संक्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि हातपात
कोरोना संक्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि हातपात

बाँके। कोरोना संक्रमितको मृत्यु चिकित्सकको लापरबाहीले भएको भन्दै भेरी अस्पताल नेपालगञ्जमा कार्यरत एकजना स्वास्थ्यकर्मीमाथि हातपात भएको छ।

भेरी अस्पतालको इमरजेन्सी विभागमा कार्यरत हेल्थ अशिष्टेन्ट पुपेन्द्र शाहीमाथि आज बिहान हातपात भएको घटनाको अस्पताल प्रशासनले निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ।


अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका सदस्य सचिव डा. प्रकाश थापाले हल्थ अशिष्टेन्ट शाहीमाथि भएको हातपातको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

अस्पताल प्रशासनले घटनाको निष्पक्ष छानविन गरि दोषी उपर कडा कानुनी कारबाहीको माग गरेको छ। शुक्रबार बिहान साढे ८ बजेतिर अपरिचित ३ र ४ जनाको समूहमा आएका व्यक्तिहरुले कोभिड वार्डमा आफन्तको मृत्यु भएपछि बिरामीलाई किन समयमै हेर्न नआएको भन्दै हातपात गरेका थिए।

Facebook Comments

हरेक खबर खास खबर