४ असार २०७८, शुक्रबार
गृह नेपालगञ्जमा कोरोनाबाट एकै परिवारका चार जनाको मृत्यु
नेपालगञ्जमा कोरोनाबाट एकै परिवारका चार जनाको मृत्यु

नेपालगञ्ज। कोरोना संक्रमणबाट एकै परिवारका चार जनाको मृत्यु भएको छ। पूर्वराष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनकी बहिनी र दुई दाइको मृत्यु भएको हो।

नेपालगञ्जको भेरी अस्पतालमा उपचारको क्रममा ४२ वर्षीय जाहिरको बुधवार बेलुका मृत्यु भएको हो। त्यही अस्पतालमा उनका दाई एजाजको बिहीवार बेलुकी ७ बजे र इम्तियाजको शुक्रबार बिहान साढे १० बजे ज्यान गएको हाे।


उनकी बहिनी भने भारतको रुपैडियामा कोरोना संक्रमणले मृत्यु भएको जनाइएको छ।

अहमदको परिवारमा अन्य सदस्यहरु पनि संक्रमित भएका छन् ती मध्ये कोहि घरमा आइसोलेसनमा र कोही अस्पतालमा उपचाररत छन्।

Facebook Comments

हरेक खबर खास खबर