४ असार २०७८, शुक्रबार
गृह अक्सिजन सिलिण्डर जम्मा गर्दै उद्योग सङ्घ
अक्सिजन सिलिण्डर जम्मा गर्दै उद्योग सङ्घ

चितवन। उद्योग सङ्घ चितवनले जिल्लामा रहेका उद्योगहरुमा प्रयोग गरिएका अक्सिजन सिलिण्डर सङ्घमा जम्मा गरिदिन अनुरोध गरेको छ। कोभिड सङ्क्रमणसँगै सिलिण्डर अभाव हुने देखिएपछि सङ्घले जम्मा गर्न थालेको हो।

सङ्घका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालका अनुसार बिहीबारदेखि अक्सिजन ग्यास प्रयोग गर्ने उद्योगमा टेलिफोन गरेर सिलिण्डर सङ्घमा पठाइदिन अनुरोध गरिएको हो। उनले भने, “धातुको काम गर्ने उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गर्दछ। सबैसँग हामीले सहयोगका लागि अनुरोध गरेका छौँ ।”


जिल्लाका ४० भन्दा बढी उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गरेको उनको भनाइ छ। ती उद्योगबाट ५० भन्दा बढी सिलिण्डर सङ्कलन हुने अपेक्षा गरिएको छ।

सङ्घका अध्यक्ष राजु पौडेलले जिल्ला प्रशासन कार्यालय चितवन र उद्योग परिसङ्घको आग्रहपछि उद्योगीसँग रहेका सिलिण्डर सङ्कलन गर्न लागिएको बताए।

Facebook Comments

हरेक खबर खास खबर