३१ जेष्ठ २०७८, सोमबार
गृह भारतसँग जोडिएका सबै सीमा नाका बन्द
भारतसँग जोडिएका सबै सीमा नाका बन्द

सर्लाही। भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि सर्लाहीका सम्पूर्ण सीमा नाका बन्द गरी आवागमन ठप्प पारिएको छ।

नेपाल सरकारको निर्देशनअनुसार सीमा नाका बन्द गरेर नेपाल—भारत आवतजावत रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए।


भारतको बिहार राज्यमा लकडाउन भएकाले सीमा क्षेत्रबाट हुने आवागमन रोक्न थप सहयोग पुगेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए।

सरकारले प्रदेश नं २ महोत्तरीको भिठ्ठामोड, रौतहटको गौर र पर्साको वीरगञ्ज नाकाबाट मात्रै आवतजावत गर्न दिने निर्णय गरेको थियो। केही दिनदेखि मलङ्गवार नाकाबाट आवतजावत गर्न दिइएको थियो । अहिले त्यो नाका पूर्णरूपमा बन्द गरिएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर