४ असार २०७८, शुक्रबार
गृह कांग्रेस संसदीय दलको बैठक जारी: किन निस्किए सभापति देउवा?
कांग्रेस संसदीय दलको बैठक जारी: किन निस्किए सभापति देउवा?

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ।

उक्त बैठक संसद भवन नयाँ बानेश्वरमा बसेको छ। बैठक जारी रहँदा कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा बाहिरिएका छन्।


बैठकमा राजनीतिक परिस्थिति गम्भीर बनेकाले जुनसुकै निर्णय लिनुपर्ने हुनसक्ने बताएका देउवा बाहिरिए पनि बैठक जारी छ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने लगायत विषयमा अन्य दलका नेतासँग छलफल गर्न देउवा बाहिरिएको जनाइएको छ।

Facebook Comments

हरेक खबर खास खबर