३१ जेष्ठ २०७८, सोमबार
गृह पछिल्लो २४ घण्टामा ८,४१८ जना संक्रमित थपिए, ५३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ८,४१८ जना संक्रमित थपिए, ५३ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


मन्त्रालयका अनुसार १८ हजार ३०४ नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् भने ३३७० जना निको भएका छन्।

हालसम्म देशभर सक्रिय संक्रमित संख्या ८३ हजार ४९३ पुगेको छ। कूल संक्रमित संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ भने कूल मृतक संख्या ३६३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर