४ असार २०७८, शुक्रबार
गृह संवैधानिक परिषद् बैठक स्थगन गर्न माओवादी केन्द्रको आग्रह
संवैधानिक परिषद् बैठक स्थगन गर्न माओवादी केन्द्रको आग्रह

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक स्थगन गर्न आग्रह गरेका छन्।

उनले आज प्रेस वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामखुसमेतले भाग नलिने जनाउनुभएकाले बैठक स्थगन गर्न आग्रह गरेका हुन्।


अध्यक्ष दाहालले बैठक संवैधानिक संरचनाको गरिमामा चुनौती थप्ने मनसायका साथ हुन लागेको जनाउँदै सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यसँग अनुरोध गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले परिषद्को बैठकमा आफू उपस्थित हुन नसक्ने जनाएका छन्।

Facebook Comments

हरेक खबर खास खबर