४ असार २०७८, शुक्रबार
गृह एमाले विवाद मिलाउने कसरतमा दोश्रो तहका नेता, आ–आफ्नै अडानले समस्या उस्तै
एमाले विवाद मिलाउने कसरतमा दोश्रो तहका नेता, आ–आफ्नै अडानले समस्या उस्तै

काठमाडौं। नेकपा एमालेको एकता बचाउन दोस्रो तहका नेताहरुसक्रिय भएका छन्। प्रधानमन्त्री तथा पार्टी केपी शर्मा ओली र माधव नेपाल–झलनाथ खनालका बीचमा देखिएको मतभेद समाधान गरेर पार्टी एकीकृत हुनुपर्ने भन्दै दोस्रो तहका नेताहरुले केही दिनदेखि सक्रियता देखाइरहेका छन्। जसका लागि ती नेताहरु र प्रधानमन्त्रीको भटघाट तिब्र बनेको छ।

नेताहरुले प्रधानमन्त्री ओली, राष्टपति विद्यादेवि भण्डारी र माधव नेपालसँग भेटेर सहमतिको विन्दु खोजि गरिरहेका छन्। उनीहरुले दोस्रो तहकै नेताहरुका बीचमा पनि छलफल तिव्र पारेका छन्।

पार्टी बचाउनका लागि अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए भने भने नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी थिए।


वैशाख २७ गते प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत लिन अधिवेशन आह्वान भएकाले त्यसअघि नै पार्टीलाई एक ठाउँमा उभ्याउने प्रयासमा उनीहरु रहेका छन्।

दोस्रो तहका नेताहरुको बैठकमा सक्रिय रहेका नेता गोकर्ण विष्टले आशा राखेर अन्तिमसम्म मिलाउने कसरतमा काम भइरहेको बताए।
छलफलमा नेपाल पक्षले २०७५ जेठ २ को अवस्थालाई आधार मान्नुपर्ने प्रस्ताव दोहो¥यायो भने ओली पक्षले फागुन २८ को निर्णयबाट पछि हट्न नसक्ने अडान दोहो¥याएको छ।

सहमतिको लागि दुवै पक्षले प्रयास गर्नुपर्नेमा ओली पक्षले जोड दिएको बताईएको छ। छलफल सकारात्मक दिशामा गए पनि सहमति भने नभएको बैठकमा सहभागी नेता योगेश भट्टराइले बताए। ओली पक्षले ओलीसँग र नेपाल पक्षले नेता नेपालसँग छलफल गरेर फेरि बस्ने सहमति भएको छ।

विश्वासको मत दिनका लागि नेपाल पक्षले असहयोग गर्ने रणनीति बुनिरहेका बेला ओली पक्ष फकाउने प्रयासमा छ। संसदमा विश्वासको मत लिनका लागि शुरुमा जसपाले साथ दिन सक्ने आकलन गरेका प्रधानमन्त्री ओलीले त्यो सम्भव नहुने भएपछि पार्टीभित्र एकमत हुनुपर्ने दवावमा रहेका छन्।

यतीमात्रै होइन यसअघि पार्टी अनुशासन विपरित् काम गरेको भन्दै पार्टीबाटै निष्कासन गरिएका माधव कुमार नेपाल पक्षका गरिएको कारवाही समेत फिर्ताको लागि तयारी भइरहेको छ।

आफ्नै पार्टीका नेपालपक्षले साथ नदिए आफ्नो सरकार कुनै हालतमा नजोगिने अवस्था आएको छ भने अर्कोतर्फ पार्टीभित्र सबैलाई मिलाउनुपर्ने दबाब दोस्रो तहका नेताहरुले ओलीमाथि बढाएका हुन्।

बिहीबार ओलीले नेपाललाई टेलिफोन गरी आफूलाई साथ दिन आग्रह गरेका थिए। त्यसअघि नेपाल संयुक्त सरकारको नेतृत्व लिनका लागि आग्रह गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानीलकण्ठ पुगेका थिए।

देउवासंग प्रधानमन्त्रीलाई विश्वासको मतमा फेल गराउने बिषयमा छलफल भएको बताइएको छ। त्यहाँबाट उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका थिए।

त्यहाँ पनि पार्टीमा आफुलाइ गरिएको कारवाही लगायत केपी ओलीले गरेको कारवाहीका बिषयमा छलफल गरेका थिए। केपीओली गल्ती गर्ने तर दोष भरी आफुलाइ खन्याउने गरेको माधव नेपालको आरोप थियो। राष्ट्रपतिकै पहलमा ओलीसँग उनको टेलिफोन संवाद पनि भयो।

बिहीबार दिउँसो ओली क्याबिनेटका महत्वपूर्ण सदस्य, अर्थमन्त्री विष्णु पौडेलले सुरेन्द्र पाण्डे, गोकर्ण विष्टसँग काठमाडौको नागपोखरीस्थित होटल मेरियट होटलमा छलफल गरेका थिए।

शुक्रबार समेत एमाले मिलाउन दोस्रो तहका नेताहरु सक्रिय भए। प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकारसमेत रहेका एमाले केन्द्रीय सदस्य मोतीलाल दुगड वरिष्ठ नेता नेपाललाई फकाउन शुक्रबार दिउँसो उनकै निवास कोटेश्वर पुगेका थिए। त्यसपछि उनी नेपालनिकट नेता सोमप्रसाद पाण्डेसहित बालुवाटार गएका थिए।

त्यहि बीचमा शनिबार पनि छलफल भएको हो। त्यस्तै ओलीले आइतबार संवैधानिक परिषदको वैठक समेत राखेकाले माधव नेपाल पक्ष भने एकातिर वार्ताको कुरा गर्ने अर्कोतिर आफुखुशी अघि वढ्ने क्रम जारी राख्ने भन्दै असन्तुष्टि जनाई रहेको छ। नेपालले एक विज्ञप्ति मार्फत संवैधानिक परिषदको वैठकप्रति असन्तुष्टि जनाएका छन्।

संवैधानिक परिषद्को बैठकका बिषयमा काँग्रेस माओवादी केन्द्र सहित माधव नेपालले समेत बैठक बोलाइएको बिषयमा विरोध जनाएका छन्।

Facebook Comments

हरेक खबर खास खबर